काठमाडौं– प्रधानमन्त्री निवासका लागि बालुवाटारमा दुईवटा भवनको शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ती भवनको शिलान्यास गरेका हुन् ।
यसअघि प्रधानमन्त्री ओलीले बुधबार सिंहदरबारपरिसरमा संघीय संसद् भवनको उद्घाटन गरेका थिए । ती भवन अढाइ वर्षभित्र बनिसक्ने सहरी विकास मन्त्रालष्यको दाबी छ ।
बिहीबार प्रधानमन्त्री निवास शिलान्यासपछि ट्विट गर्दै ओलीले लेखेका छन्, ‘आगामी आवाश्यकतालाई ध्यानमा राखेर आधुनिक प्रविधिसम्पन्न प्रधानमन्त्रीनिवास निर्माण गर्दै छौँ । नयाँ भवन शिलान्यास गर्न पाउँदा खुसी लागेको छ ।’
आगामी आवश्यकतालाई ध्यानमा राखेर, आधुनिक, प्रविधि सम्पन्न प्रधानमन्त्री निवास निर्माण गर्दै छौँ । नयाँ भवन शिलान्यास गर्न पाउँदा खुसी लागेको छ । pic.twitter.com/YqIPGIBbaM
— KP Sharma Oli (@PM_Nepal) September 19, 2019
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।