मीरा चोपडा किन गर्दिनन् आफूलाई प्रियंका चोपडासँग कम्पेयर ?

एजेन्सी– बलिउड अभिनेत्री मीरा चोपडा र अभिनेत्री प्रियंका चोपडा नातेदार हुन् । तर, मीराले आफूले कहिल्यै पनि प्रियंकासँग कम्पेयर नगरेको बताएकी छिन् ।

दक्षिण भारतमा निकै ठूलो चर्चा कमाएकी मीराले बलिउडमा चाहिँ सन् २०१४ देखि काम सुरु गरेकी हुन् । उनको पहिलो फिल्म ग्याङ अफ गोष्ट थियो । त्यसपछि उनी १९२० लन्डनमा पनि देखिइन् । 

अहिले उनको फिल्म ‘सेक्सन ३७५’ले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । त्यहाँ उनी एक कस्ट्युम डिजाइनरको भूमिकामा छिन् जो आफ्नो निर्देशकमाथि बलात्कार गरेको आरोप लगाउँछन् । फिल्मलाई आलोचकहरुले पनि निकै मन पराएका छन् । 

‘प्रियंका दिदीसँग आफ्नो तुलना गर्ने कुरा म आफ्नो सपनामा पनि देख्दिनँ,’ उनले भनेकी छिन्, ‘मलाई त खुसी लाग्छ कि म उनकी बहिनी हुँ । उनी एकदमै ट्यालेन्टेड छिन् । मैले आफूलाई उहाँसँग तुलना गरेँ भने म डिप्रेसनमा जानेछु ।’





  • प्रकाशित मिति : असोज २, २०७६ बिहीबार १९:१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया