प्रधानमन्त्री केपी शर्मा ओलीले भने– मैले मूर्छित सपनामाथि पानी छर्किएको हुँ

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सोध्नेहरुले अनेक प्रश्न सोधे पनि आफूले मूर्छित सपनामाथि पानी छर्किएको बताएका छन् । संविधान दिवसको अवसरमा सैनिक मन्च टुँडिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सपना साकार पार्न आफूले पानी छर्किनु पर्ने अवस्था रहेको बताएका हुन् । 

‘भन्नकै लागि त भन्न सकिन्छ नि खै त रेल ? खै त पानीजहाज ? कहाँ छ सुरुङ खनेको ? कहाँ छन् पानीजहाज ? हामीलाई किन सपना देखाएको ?’ प्रधानमन्त्री ओलीले भने, ‘मैले निदाएको बेलामा देख्ने सपना होइन, ब्यूँझिएको बेला देख्ने सपना देखौँ भनेको हुँ ।’

उनले आफूले विकासको सपना देखेको र त्यसलाई साकार पार्न काम गरिरहेको बताएका छन् । तर, यसका लागि सबैले प्रयास गर्नु पर्ने पनि उनले जोड दिएका छन् । उनले आफू र आफ्नो दल फगत सपनाको सौदागर नभएको पनि बताएका छन् । यसलाई नै विश्वास गरेर आफ्नो नेतृत्वको सरकार विकासका लागि कतै जग हालेको त कतै पहिलो वा दोस्रो तला थपेको पनि उनले बताएका छन् ।

भविष्यप्रति आशावादी भएर, सुन्दर भविष्यको सपना देख्दा मात्र देश बाँच्ने प्रधानमन्त्री ओलीको तर्क थियो । ‘मेरो काम मुर्छित सपनाहरुलाई जगाउनु र तिनीहरुप्रति विश्वास बढाउनु थियो,’ उनले भनेका छन्, ‘मैले त्यही कोशिस गरिरहेको छु ।’





  • प्रकाशित मिति : असोज ३, २०७६ शुक्रबार १२:४१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया