कसले उचाल्ला यसपटक च्याम्पियन्स लिगको ट्रफी ?

फुटबल लिगको विषयमा कुरा गर्दा च्याम्पियन्स लिगको कुरा नगर्ने हो भने त्यो विषय अधुरो नै हुन्छ । यसपटक च्याम्पियन्स लिग सुरुवात भइसकेको छ । त्यसैले अब धेरै अड्कलबाजी पनि हुन थालेका छन् । ती अड्कलबाजीमध्ये सबैभन्दा बढी चर्चामा हुने विषय भनेको यसपटक कसले च्याम्पियन्स लिगको ट्रफी उचाल्ला त भन्ने हो । 

३२ टिम सम्मिलित यो च्याम्पियन्स लिगमा जुनसुकै टिमले ट्रफी उचाल्न सक्छ । हुन त अहिले च्याम्पियन्स लिग सुरु भएको धेरै भएको छैन । त्यसैले अहिले नै यही टिमले जित्ला भन्ने अनुमान नजिक गएर गर्न सकिँदैन । जे होस्, यसपटकको दाबेदार कुन टिम हुनसक्छ भन्ने अनुमान चाहिँ अहिले नै पनि गर्न सकिन्छ । 

एजेन्सीहरुको सहयोगमा तलका यी टिमले यसकारण यसपटक च्याम्पियन्स लिगमा ट्रफी उचाल्लान् भन्ने अनुमान गर्न सकिन्छः

 

लिभरपुल

लिभरपुल च्याम्पियन्स लिगको साविक विजेता हो । त्यसैले यो सिजनमा पनि लिभरपुलले च्याम्पियन्स लिगको उपाधि उचाल्न सक्ने अनुमान गर्न सकिन्छ । यो टिम दाबेदार पनि हो । यसभन्दा अगाडि लिभरपुलले ६ पटक च्याम्पियन्स लिगको उपाधि उचालिसकेको छ । 



रियल मड्रिड

रियल मड्रिड च्याम्पियन्स लिगमा सबैभन्दा धेरै पटक सफल भएको टिम हो । उसले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि १३ पटक उचालिसकेको छ । यसपटक पनि उसले ट्रफी उचाल्ने सम्भावनामा चर्चा भइरहेको छ । 



बार्सिलोना

फुटबलका स्टार खेलाडी हुन्, लियोनल मेसी । मेसी नै खेल्ने यो टिम पनि यसपटकको दाबेदार हो । त्यसमाथि टिममा अहिलेका लागि फाती पनि गज्जबको प्रदर्शन गरिरहेका छन् । त्यसैले यो टिमले च्याम्पियन्स लिगको ट्रफी उचाल्न सक्ने अनुमान गरिएको हो । 

युभेन्टस

क्रिश्चियानो रोनाल्डो पछिल्लो समय निकै फर्ममा छन् । उनी खेल्ने टिम युभेन्टसमा खेलाडीको पर्फमेन्स पनि गज्जबको रहेको छ । युभेन्टसले च्याम्पियन्स लिगको उपाधि २ पटक जितिसकेको पनि छ । त्यसैले उसलाई यसपटकका दाबेदारका रुपमा पनि लिइएको छ । 

ब्रायन म्युनिख

यसअघि ६ पटक च्याम्पियन्स लिगको ट्रफी जितिसकेको ब्रायन म्युनिख पनि यसपटकको दाबेदार हो । 

म्यानचेस्ट सिटी

अहिलेसम्म एक पटक पनि च्याम्पियन्स ट्रफी नउचालेको टिम हो, म्यानचेस्टर सिटी । त्यसैले यसपटक यदि कुनै टिमले ट्रफी उचाल्न सक्छ भने त्यो टिम म्यानचेस्टर सिटी हुने अनुमान गर्न सकिन्छ । यो टिमलाई अहिले मुख्य दाबेदारका रुपमा हेरिएको पनि छ ।

पेरिस सेन्ट जर्मन (पिएसजी)

स्टार खेलाडी नेइमार रहेको टिम पिएसजीलाई पनि उपाधि जित्न सक्ने टोलीको रुपमा हेरिएको छ ।

एथ्लेटिको मड्रिड 

यदि एथ्लेटिको मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेमा कुनै आश्र्चय हुने छैन किनकि एथ्लेटिको मड्रिड पनि उपाधिको दाबेदार मानिएको टोली मध्ये एक हो ।

 

यदि माथि चर्चा गरीएका टिमहरु बाहेक अन्य कुनै टिमले उपाधि जित्न सक्छन् भने ती टिमहरु चेल्सी , आयक्स, इन्टर मिलान , टोटनह्याम, नापोली र डर्टमण्ड हुन सक्छन् । यी टिम बाहेक अन्य टिमले च्याम्पियन्स  लिगको उपाधि जितेको खण्डमा पनि ठूलो आश्चर्य चाहिँ मान्नुपर्दैन ।
 

  • प्रकाशित मिति : असोज ३, २०७६ शुक्रबार १८:३४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया