Wed, 16 Oct, 2019


तनाव नलिनुस्, आँखा कमजोर हुन्छ !
फरकधार / असोज ३, २०७६

विश्वकप क्रिकेट हुँदैछ । आफूले समर्थन गरेको देशले हार्दा वा आशा अनुरुप प्रदर्शन नगर्दा तनाव लिने बानी तपाईंको पनि हुनसक्छ ।



तर, यस्तो कुरामा तनाव नलिन वैज्ञानिकहरुले सुझाएका छन् । जर्मनीको म्यान्डबर्ग विश्वविद्यालयमा गरिएको अध्ययन अनुसार लामो समयसम्म तनाव लिँदा अटोनोमिक नर्भस सिस्टम असुन्तलित हुन्छ र आँखाका नशामा समस्या हुन थाल्छ ।

तनावका कारण लामो समयसम्म भावानात्मक दबाब पर्ने र त्यसले गर्दा फरकफरक व्यक्तिमा फरकफरक असर देखिने निष्कर्ष निकालिएको छ । ती असरमध्ये आँखालाई हुने खराबी पनि एक हो । त्यसैले तनाव लिन छाडेर आँखाको स्वास्थ्यलाई ख्याल गर्नु नै राम्रो ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्