लन्डन– टेक्नोलोजीले मान्छेको जिन्दगी कब्जा गरेको निकै भइसक्यो । अब त मोबाइल फोनको ब्याटरीले नै मानिसको दिमाग कब्जा गर्न थालेको छ ।
हालै लन्डन विश्वविद्यालयका मार्केटिङ रिसर्चर थोमर रबिन्सनले फिनल्यान्डको अल्टो विश्वविद्यालयसँग मिलेर गरेको रिसर्चले यस्तो देखाएको हो । शोधअनुसार, जसको फोनको ब्याटरी सधैँजसो फुलचार्ज रहन्छ, उनीहरु आफ्नो ऊर्जाको उपयोग लामो समयसम्म गर्छन् । यस्ता मानिस ज्यादा व्यवस्थित रहन्छन् ।
अर्कोतर्फ, जो आफ्नो फोनको ब्याटरीमाथि ध्यान दिँदैनन्, या जसको फोनको ब्याटरी धेरैजसो समय ५० प्रतिशतभन्दा कम रहन्छ, उनीहरुको जीवन अस्तव्यस्त भइरहेको हुन्छ ।
शोधकर्ताहरुले लन्डनवासीमाझ गरेको अध्ययनले देखाएअनुसार जसको फोन फुल चार्ज छ, उनीहरु सकारात्मक सोच्छन्, सुखद् महसुस गर्छन् । आधा वा त्यो भन्दा कम ब्याटरी हुँदा भने मनमा नकारात्मकता बढ्न थाल्छ । चिन्ताले ठाउँ लिन्छ । ३० प्रतिशतभन्दा तल झरेपछि त यो चिन्ता अझ गहिरो बन्छ ।
शोधकर्ताहरुको तर्कमा यो उपकरणहरुमाथि हाम्रो बढ्दो निर्भरताको परिणाम हो ।
अझ रोचक कुरा त, जसको फोनमा अक्सर कम ब्याटरी हुन्छ, उनीहरु अरुमाथि निर्भर रहन्छन् । उनीहरुको सामाजिक दायरा पनि साँघुरो रहन्छ । जो आफ्नो फोनको ब्याटरी प्रभावकारी ढंगले ‘म्यानेज’ गर्न सक्दैनन्, उनीहरु आफ्नो जीवनको व्यवस्थापनमा पनि कठिनाइ महसुस गर्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।