नवलपरासीमा ३ दुर्घटना, ६ जनाकाे मृत्यु

नवलपरासी— नवलपुरका तीन स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिममा भएको दुर्घटनामा २२ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

सोमबार राति करिब १० बजे कावासोतीको खरकट्टा जंगलमा ट्रकले कारलाई ठक्कर दिँदा कारमा सवार पाँचै जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये तीन जनाको सनाखत भएको छ ।

सनाखत हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विश्वकर्मा रहेको उनका भतिज सुमन विश्वकर्माले जानकारी दिए । यस्तै, देवचुलीकै दिलबहादुर ढेगा मगर र कैलालीको धनगढी–११ घर भै हाल देवचुली बस्दै आएका सुरज राना मगर रहेको प्रहरीले जनाएको छ । अन्यको सनाखत हुन सकेको छैन ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बररको कार कावासोती–८ स्थित खरकट्टा जंगल क्षेत्रमा ठोक्किको थियो। त्यस्तै, सोमबार राति नै दाङबाट काडमाडौं जाँदै गरेको ना ७ ख ८६४२  बस अरूणखोलामा दुर्घटना हुँदा मकवानपुर हेटौडाका बस चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको उपचारका क्रममा  पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। बस आफैं अनियत्रित भई दुर्घटना भएको बताइएको छ ।

यसैगरी मंगलबार सुर्खेतबाट वीरगंज जाँदै गरेको ना ४ ख ९५१० नम्बरको बस चोरमारामा अनियन्त्रित भई पल्टिँदा सात जना घाइते भएको नवलपुर प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
 





  • प्रकाशित मिति : असोज ७, २०७६ मंगलबार ८:४५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया