आयुष्मान खुरानाको कमाल, ड्रिम गर्लले कमायो सय करोड

एजेन्सी— बलिउड अभिनेता आयुष्मान खुरानाले अभिनय गरेको फिल्म ड्रिम गर्लले सेन्चुरी पूरा गरेको छ । यो फिल्मले सय करोड कमाइ गरेको हो । अब फिल्म सय करोड क्लबमा समावेश भएको छ । ट्रेड विश्लेषक तरण आदर्शका अनुसार फिल्मले १०१.४० करोड भारतीय रुपैयाँ कमाएको हो । यो फिल्मलाई दर्शकले मात्र होइन, समीक्षकले पनि निकै राम्रो भनेर प्रशंसा गरिरहेका छन् ।

फिल्ममा आयुष्मान एउटा युवतीको भूमिकामा देखिएका छन् । केही समयअघि एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘मलाई युवतीको गेटअपमा तयार हुन कम्तिमा पनि दुई घन्टा लाग्ने गथ्र्यो । मलाई दिनमा दुई पटक दाह्री सेभ गर्नु पर्ने हुन्थ्यो ।’





  • प्रकाशित मिति : असोज ७, २०७६ मंगलबार १४:२८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया