नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाली कांग्रेसनिकट प्यानल विजयी

काठमाडौं— नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाली कांग्रेस निकट विष्णु गैरे निर्वाचित भएका छन् ।

बुधबार विहान सकिएको मत गणनामा कांग्रेसनिकट गैरेले सत्तारुढ दल निकटको गठबन्धनका उम्मेदवार सरोज पोखरेललाई ४७ मतले पराजित गर्दै २ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।

१७ सदस्यीय कार्यसमितिका पदाधिकारीको सबै पदमा कांग्रेस प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचनमा गैरेले ३ सय ३० मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी पोखरेलले २ सय ८३ मत मात्रै प्राप्त गरे । निर्वाचनमा कुल ६१९ मत खसेको थियो । संघको पूर्व उपाध्यक्षसमेत रहेका गैरे नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष पनि हुन् ।

प्रथम उपाध्यक्ष पदमा लोकतान्त्रिक समूहकै कमल तामाङले ३ सय ८१ मत प्राप्त गर्दै विजयी भए । उनको प्रतिद्वन्द्वी हरिबहादुर पाण्डेले २ सय ३० मत ल्याएका थिए । द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल विजयी भएका थिए। मल्लले ३सय २२ मत ल्याउँदा उनको निकटम प्रतिद्वन्द्वी मुक्तिनाथ अधिकारीले २ सय ८७ मत ल्याएका थिए। यसैगरी तृतीय उपाध्यक्षमा किशोर कुमार केसी निर्वाचित भएका छन् ।

किशोरले ३ सय ६० मत प्राप्त गर्दा उनको निकटम प्रतिद्वन्द्वी अख्तर हुसेनले २ सय ४४ मत ल्याएका थिए। महासचिवमा पनि लोकतान्त्रिक प्यानलकै सुजितकुमार श्रेष्ठ निर्वाचित भए। उनले ३ सय ८८ मत ल्याउँदा नेकपा प्यानलका उम्मेदवार रामचन्द्र गिरिले २सय २३ मत प्राप्त गरे ।

सचिवमा मेघनाथ भुर्तेल विजयी भएका छन्। भुर्तेलले ३ सय ३३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सन्जु गुरुङले २सय ७३ मत ल्याए। कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भइन् । उनले ३ सय ६७ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्द्वी तेजुमाया लिम्बूले २३८ मत प्राप्त गरिन् । सदस्यहरु कर्णराज कटुवाल, दिनेश कुमार राय (राहुल), सुरेन्द्र अर्याल, हर्कबाहादुर लिम्बु, बिजय लामा, वावुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई, जंगबाहादुर ईजम, लक्ष्मण पौडेल बिजयी भएका छन् ।





  • प्रकाशित मिति : असोज ८, २०७६ बुधबार ९:२९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया