एजेन्सी— बलिउड अभिनेता अमिताभ बच्चनलाई दादा साहेब फाल्के पुरस्कार दिने भइएको छ । यो भारतीय सिनेमाको सबैभन्दा ठूलो पुरस्कार हो ।
प्रशंसककाबीच शताब्दिका महानायकसमेत भनेर चिनिने अमिताभले बलिउडमा ५० वर्ष पुर्याएका छन् । उनलाई यो पुरस्कार दिइने जानकारी भारतका सूचना प्रसारण मन्त्री प्रकाश जावडेकरले दिएका हुन् ।
जावेडकरले ट्विटरमा लेखेका छन्, ‘लिजेन्ड अमिताभ बच्चन जसले दुई पिढीँलाई मनोरन्जन दिए र प्रेरित गरे, उनलाई दादा साहब फाल्के पुरस्कार दिइने भएको छ । मेरो बधाई छ ।’
बलिउडमा अभिताभ बच्चन मेगा स्टार तथा बिग बीका रुपमा पनि चिनिन्छिन् । उनको पहिलो फिल्म सात हिन्दुस्तानी सन् १९६९ मा रिलिज भएको थियो । सन् १९७३ मा रिलिज भएको प्रकाश मेहराले निर्देशन गरेको फिल्म जन्जीरमा अमिताभ बच्चनले बक्स अफिसमा पनि अत्यन्त राम्रो गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।