काठमाडौंको एक होटेलबाट पेस्तोलसहित ४ जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौंबाट पेस्तोलसहित ४ जनालाई पक्राउ गरेको  छ । पक्राउ पर्नेमा बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भीमबहादुर माझी, बल्खु बस्ने सिन्धुलीकै प्रदीप माझी र सीतापाइला बस्ने लोकेन्द्रबहादुर आले छन् ।

प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका ९ शम्भुमार्गस्थित एभरेस्ट होलिडे इन होटेलबाट बुधबार बिहान साढे ११ बजे पक्राउ गरेको हो । एभरेस्ट होलिडे इन होटेलको कोठा नम्बर ४०४ बाट चारजनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ । 

प्रहरीले उनीहरुको साथबाट एक थान पेस्तोल, एक थान म्यागजिन, पेस्तोलमा लाग्ने ६ राउण्ड गोली बरामद गरेको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । 





  • प्रकाशित मिति : असोज ८, २०७६ बुधबार १७:२२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया