प्रत्यक्ष निर्वाचन पुरुषहरुको दाइजो होइन: मन्त्री अर्याल

काठमाडौं— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रत्यक्ष निर्वाचन पुरुषहरूको दाइजो नभएको बताएकी छिन् । समृद्ध नेपालका लागि सशक्त महिला भन्ने नारा सहित काठमाडौंमा आयोजित पैरवी अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । 

मन्त्री अर्यालले अब महिलाहरूले पनि प्रत्यक्ष निर्वाचन लड्न सक्ने गरी क्षमता विकास गरीसकेको भन्दै महिलालाई समानुपातिक निर्वाचन प्रणालीमा मात्रै सिमित राख्न नहुने बताएकी हुन् । महिलाहरु राजनीतिक हिसाबले, सामाजिक तथा आर्थिक हिसाबले सशक्तिकरण भइसकेको भन्दै उहाँले बराबरी गरेर निर्वाचन लड्नका निम्ती पहल गर्नुपर्ने बताइन् । 

‘प्रत्यक्ष निर्वाचन पुरुषहरूको दाइजो होइन । अब हरेक ठाउँमा महिलाले हस्तक्षेप गर्ने हो’, उनले भनिन्, ‘महिला कमजोर हुन्छ भन्ने कुरा गलत हो । समानुपातिकमा जति सबै महिलाको चान्स छ र प्रत्यक्षमा पनि सबै महिलाको चान्स छ भनेर निर्वाचन प्रणालीमा पनि छलफल गर्नुपर्छ ।’

सविधानमा वंश र अंशको कुरा लेख्ने नेपाल दोस्रो मुलुक भएको भन्दै उनले अब कार्यान्वयन गर्नतिर लाग्न आवश्यक रहेको बताइन् । महिलाका प्रगतिका तगाराहरु बिस्तारै पन्छिदै गएको भन्दै मन्त्री अर्यालले कानुनी हिसाबले महिलाहरु अब विभेदमा छन् भनिरहनुपर्ने अवस्था नरहेको अर्यालको तर्क थियो ।





  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार १२:३३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया