अक्षयकै फिल्ममा कृति सेनन

एजेन्सी– बलिउडमा अक्षय कुमार वर्षमा चार फिल्ममा काम गरिरहेका छन् । अभिनेत्री कृति सेनन पनि त्यसरी नै चार वटा फिल्ममा काम गर्ने अवस्थामा पुगेकी छिन् । लुकाछिपी, अर्जुन पटियाला, हाउसफुल ४ पछि अब उनी अक्षय कुमारको फिल्म बच्चन पान्डेयमा काम गर्दै छिन् । अक्षय कुमारसँग चाहिँ कृतिको यो दोस्रो फिल्म हो ।

यो फिल्म तमिल फिल्मको रिमेक हो । तमिल फिल्म वीरमबाट यसलाई बनाउन लागिएको बताइएको छ । यसको तमिल भर्सनमा चाहिँ अजित कुरमा र तमन्ना भाटिया लिड रोलमा थिए । यो एक्सन फिल्म हो ।

अब निर्माताले यो फिल्म अर्को वर्षको क्रिसमसमा रिलिज हुने बताएका छन् । 





  • प्रकाशित मिति : असोज १६, २०७६ बिहीबार १०:१५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया