आलोचना गर्दा कुनै सत्ता खुसी हुँदैनः जावेद

एजेन्सी– भारतका दिग्गज गीतकार तथा लेखक जावेद अख्तरले अभिव्यक्तिको स्वतन्त्रा एक लोकतान्त्रिक समाजमा रोक्न नहुने बताएका छन् । उनले समाजिक तथा राजनीतिक मुद्दामा आफ्नो विचार दिन रोकिनु नहुने बताएका छन् ।

‘कुनै पनि सत्ता आफ्नो आलोचना हुँदा खुसी हुँदैन,’ उनले भनेका छन्, ‘आलोचना गर्दा कसलाई खुसी लाग्छ र ?’ त्यसैले पनि अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई छिन्न नहुने उनले तर्क गरेका छन् । ‘लोकतान्त्रिक देश र अन्यायपूर्ण समाजको एक साथ कल्पना गर्न सकिँदैन, जहाँ अभिव्यक्ति स्वतन्त्रतामाथि रोक लगाइन्छ, त्यसलाई कुनै पनि मूल्यमा स्वीकार गर्न सकिँदैन,’ जावेदले भनेका छन्, ‘मानिसहरुले आफ्नो मनको बात भन्न पाउनु पर्छ ।’





  • प्रकाशित मिति : असोज २५, २०७६ शनिबार २३:३७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया