बेहुलासहित सात पक्राउ

सल्यान– सल्यानमा बाल विवाह गर्ने-गराउने सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपुरकोट गाउँपालिका–५ जामुने निवासी १४ वर्षीय दुलही र १५ वर्षीय दुलहा रहेका छन् । यस्तै, ५३ वर्षीय बेहुलाका बुवा, ५० वर्षीय बेहुलाकी आमा, ५६ वर्षीय बेहुलीका बुवा, ५२ वर्षीय बेहुलीकी आमा र पण्डित ४८ वर्षीय हरि प्रसाद गौतम रहेका छन् ।

गत २६ असाेजमा बाल विवाह भइरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय लुहामको टोली घटनास्थल पुगेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी इन्सपेक्टर उमाकान्त जोशीले बताए । बेहुला स्थानीय सरस्वती आधारभूत विद्यालयमा कक्षा-७ मा अध्यनरत छन् भने बेहुली पनि सोही विद्यालयमा कक्षा-८ मा अध्यनरत थिइन् । 

विद्यालयमा बाल विवाहबारे जानकारी दिए पनि एक वर्षअघि प्रेम सम्बन्धमा परेपछि विवाह गरेको बेहुलाले बताए । उनका बुवाले भने, 'आफूलाई बाल विवाहबारे कानुन जानकारी नभएकाले छोराले भगाएर बुहारी ल्याएपछि विवाह गरिदिएँ ।' आरोपित सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि राखिएकाे छ ।





  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार २१:३२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया