मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छ: ईश्वर पाेखरेल

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने संकेत गरेका छन्। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुन नसक्ने प्रतिक्रिया दिईरहेका बेला उपप्रधानमन्त्री पोखरेलको यस्तो भनाई बाहिर आएको हो।

नेकपा सचिवालयका सदस्य समेत रहेका उनले मन्त्रिपरिषद पुनर्गठन गर्ने कि नगर्ने भन्ने विषय प्रधानमन्त्रीको स्वविवेकीय अधिकार भएकाले त्यसमा अन्यथा टिप्पणी गरिरहन जरुरी नभएको पनि स्पष्ट पारे ।

बुधबार पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीले आफ्ना दलका नेताहरुसँग परामर्श गरेर मन्त्रिपरिषद पुनर्गठन गर्न सक्ने पनि बताए । मन्त्रीहरु परिवर्तन हुन सक्छन,’ उपप्रधानमन्त्री पोखरेलले भने ‘यो प्रधानमन्त्रीको स्वविवेकको कुरा हो, त्यसकारण यसमा अन्यथा टिप्पणी गर्नुपर्ने जरुरी छैन् ।’ उपप्रधानमन्त्री पोखरेलले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याएकाे विश्वास पनि व्यक्त गरे ।





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार १९:२७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया