विराटनगर टाइटन्सलाई पोखरा पल्टनले दियो ९५ रनको लक्ष्य

काठमाडौं– कीर्तिपुुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ९५ रनको सामान्य लक्ष्य दिएको छ । पोखराले टस जितेर पहिला ब्याटिङ गरेको थियो । 

पोखराले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ९४ रन बनाएपछि विराटनगरले ९५ रनको सामान्य लक्ष्य पाएको हो । पोखराका लागि कप्तान सीता रानामगरले १६ रन बनाइन् भने कविता कुँवरले २२ रन, रेवती धामीले १२, अन्जली चन्दले १५ र सरस्वती मगरले १० रन बनाए । 

विराटनगरकी सवनम राईले २ विकेट लिँदा सोनु खड्काले १ विकेट लिइन् । ९५ रनको लक्ष्यसहित विराटनगर टाइटन्सले अहिले जवाफी ब्याटिङ गर्दै छ । विराटनगर जारी खेल जितेमा यो उसको लगातार दोस्रो जित हुनेछ भने पोखराले जितेमा उसको पहिलो जित हुनेछ । 





  • प्रकाशित मिति : कात्तिक १, २०७६ शुक्रबार १३:९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया