जहाँ परीक्षामा विद्यार्थीलाई टाउकोमा बक्स लगाइयो

एजेन्सी– भारतको कर्नाटकको एक विद्यालयमा विद्यार्थीलाई बक्स लगाएर मात्र परीक्षामा सामेल गराइएको छ । यो बक्स कार्टुनले बनेका हुन् । उनीहरुले नचोरुन् भन्नका लागि यस्तो गरिएको एक कलेजले जनाएको छ । 

यो कर्नाटकको हावेरी सहरको घटना हो । त्यहाँको कलेज भगत प्रियुनिभर्सिटीले यस्तो गरेको हो । आँखामा मात्र सानो प्वाल बनाइएको बक्स लगाएर विद्यार्थीहरुलाई त्यहाँ परीक्षा लिन लगाइएको हो । 

सामाजिक सन्जालमा यो विषयमा निकै चर्चा भएपछि त्यहाँका शिक्षकले माफी मागेका छन् । उनलाई त्यहाँको जिल्ला प्रशासनले माफी माग्न पत्र काटेको थियो । 

तर, ती शिक्षकले चाहिँ आफूले विद्यार्थीसँग अनुमति लिएर नै यसो गरेको पनि बताएका छन् । उनले चोरी अत्यधिक भएकाले त्यसलाई कम गर्न यस्तो कदम चलाएको बताएका छन् । 





  • प्रकाशित मिति : कात्तिक २, २०७६ शनिबार २३:११:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया