महिलाकाे हत्या गर्ने पक्राउ

महिलाको हत्या गरी फरार रहेका भोजपुरको षडानन्द नगरपालिका ३ का २२ वर्षीय प्रदिप बस्नेत प्रहरीले आइतबार पक्राउ गरेको छ । 

स्थानीय २८ वर्षीय कल्पना राईलाई शनिबार साँझ धारिलो हतियार तथा ढुङगाले प्रहार गरी बस्नेतले हत्या गरेका थिए । 

फरार रहेका बस्नेतलाई  आइतबार बिहान  ५ बजे षडानन्द नगरपालिका ५ बाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी भोजपुरले जनाएको छ ।    

२ असोज साँझ ७ बजे खार्ताम्छाको सोमबारे हाटबाट घर फर्कदै गरेका कल्पना राई र १८ वर्षीया नविना राईलाई बस्नेतले उपङखा भन्ने स्थानमा अन्धाधुन्द खुकुरी तथा ढुङगाले प्रहार गरेका थिए । उक्त्त घटनामा कल्पनाको घटनास्थलमै मृत्यू भएको थियो भने नविना घाइते भएकी थिइन । 

प्रहरी चौकी कुदाकाउलेबाट खटिएको  टोलीले घाइते नविनालाई उद्धार गरी उपचारको लागि  उपस्वास्थ्य चौकी खार्ताम्छा पठाएको थियो ।





  • प्रकाशित मिति : कात्तिक ४, २०७६ साेमबार ०:४९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया