खुला दिसामुक्त देशका महानगरवासी अझै खुला ठाउँमा दिसापिसाब गर्दै

पर्सा– प्रदेश नं २ को एकमात्र वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेको सबै घरमा शौचालय भए पनि ३० प्रतिशत महानगरवासी अझ पनि खुल्ला चौरमा दिसापिसाब गर्दै आइरहेका छन् । 

३२ वडा रहेको नगर क्षेत्रभित्र वडा नं २०, १७, १९, १८, २७, २६ र २९ वडाका बासिन्दाको घरमा चर्पी भए पनि जनचेतनाको अभावको कारण खुला चौरमै दिसापिसाब गर्न रुचाउने गरेको वीरगञ्ज महानगरपालिकाअन्तर्गत रहेको वातावरण तथा हरियाली प्रवर्द्धन शाखाका प्रमुख सुनिलकुमार कर्णले बताए । 

ती वडाका बासिन्दा आर्थिक रुपमा सम्पन्न भए पनि प्रत्येक घरमा शौचालय हुँदाहुँदै जनचेतनाको अभावको कारण बाहिरनै दिसापिसाब गर्ने गरेकाले महानगरपालिकाले त्यस्ता घरधनीलाई कारवाहीको दायरामा ल्याउने सोच बनाएको  छ । 

महानगरपालिकाले ३२ वटै वडामा चर्पी त बनायो, तर त्यहाँका मानिसको बानीमा परिवर्तन नहुँदा बाटो घाटो तथा खुला चौरमा दिसापिसाब गर्ने गरेको भनाइ प्रमुख कर्णको छ । शौचालय नबनाई खुला चौरमा दिसापिसाब गर्नेलाई कस्तो कारवाही गरिने भन्ने जिज्ञासामा नगरप्रमुख विजयकुमार सरावगीले त्यस्ता घरधनीलाई काबाहीको दायरामा ल्याउने प्रयास भइरहेको बताए । 

३२ वडामध्ये ३० वटा वडामा सार्वजनिक शौचालय रहे पनि महानगरपालिकाले यात्रुको सुविधालाई ध्यानमा २५ सेट घुम्ती शौचालय सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । २०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको हो । 

वीरगञ्ज महानगरपालिकाले यो अभियानअन्तर्गत शून्य अनुदानमा घरघरमा चर्पी बनाउने कामलाई कार्यान्वयनमा ल्याएपछि घरघरमा चर्पी निर्माण गरिएको हो । प्रदेश नं २ मा नौ लाख ३३ हजार ६ सय ४९ घरधुरीमा शौचालय बनेको छ । 





  • प्रकाशित मिति : कात्तिक ६, २०७६ बुधबार १३:२९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया