दिल्लीको सैन्य र रअ कार्यालयमा आक्रमण गर्ने योजना

एजेन्सी– पाकिस्तानको आतंकवादी संगठन जमात उदा दावा र लश्कर ए तैयबाले भारतको राजधानी दिल्लीमा रहेका सेना तथा रिसर्च एन्ड एनलाइसिस विंग (रअ) कार्यालयमा आक्रमण गर्ने योजना बनाएको भारतले जनाएको छ । यो खुलासा बुधबारको न्युज एजेन्सीको एक रिपोर्टमा गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

बुधबार भएको खुलासा अनुसार अक्टोबरको अन्त्यमा यी संगठनले नयाँ दिल्लीका विभिन्न स्थानमा बम विस्फोट गराउने योजना पनि बनाएका थिए ।

यी दुवै संगठनलाई हाफिज सइदले नेतृत्व गरेको भारतले मान्दै आएको छ । सइद सन् २००८ मा भएको मुम्बई बिस्फोटका मास्टरमाइन्ड मानिन्छन् । 





  • प्रकाशित मिति : कात्तिक ६, २०७६ बुधबार २१:२२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया