यस वर्षको शरद ऋतुमा सगरमाथा आरोहण असफल

काठमाडौं– यस वर्षको शरद ऋतुमा दुई आरोही समूहका १० जनाले सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएकामा असफल भएको छ । यसका साथै ल्होत्से हिमालको आरोहण पनि असफल भएको विभागले जनाएको छ ।

सगरमाथा आरोहणका लागि दुई समूहमध्ये एक समूहमा एक मात्र स्पेनी नागरिकले अनुमति लिएका थिए भने अर्को नौ जनाको आरोही समूहमा अमेरिका र पोर्चुगलका समान चार जना र बेलायतका एक नागरिक थिए । उनीहरुले यो याममा आरोहण प्रयास गरे पनि असफल भएका हुन् । सगरमाथाको क्याम्प–२ सम्म पुगेर प्रयास गरे पनि आरोहण अगाडि बढ्न सकेन । अहिले सबै आरोही फर्किसकेको जनाइएको छ । यो यममा सगरमाथामा बाक्लो हिउ पर्ने भएकाले आरोहणमा समस्या हुने गर्छ ।

शरद ऋतुको यो याममा हिमाल आरोहणका लागि १ सय ४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन् । गत वर्षको यही याममा १ सय ७३ समूहका एक हजार ३ सय ९८ आरोहीले आरोहण अनुमति लिएका थिए । तुलनात्मक रुपमा यो वर्षको पछिल्लो विवरणअनुसार आरोहीको संख्या कमी रहे पनि अझै कात्तिक १५ देखि २० सम्म आरोही आउने हुँदा आरोहीको संख्या बढ्न सक्ने पर्यटन विभागले जनाएको छ । 
    
यो याममा विभिन्न हिमाल तथा हिमश्रृङ्खला आरोहणका ५९ देशका आरोहीले अनुमति लिएका छन् । अघिल्लो वर्ष सोही याममा ६३ देशका आरोही हिमाल आरोहणका लागि आएका थिए । विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ आरोही समूहका २ सय ६४ र अमादब्लाम हिमाल आरोहणका लागि २३ समूहका २ सय ६१ ले आरोहण अनुमति लिएका छन् ।

आरोहण अनुमति पाएका आरोही धमाधम गन्तव्यतर्फ लागिरहेका छन् । शरद ऋतुको हिमाल आरोहणका लागि बिहीबारसम्म ६ करोड १७ लाख ३६ हजार राजस्व संकलन भएको विभागले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७६ शुक्रबार १६:५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया