देशलाई एक मधेस एक प्रदेशमा विभाजन गरेर समृद्धि हासिल गर्न सकिँदैन : गच्छदार

ललितपुर - नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ‘एक मधेस एक प्रदेश’मा जान नहुने बताएका छन् । गोदावरी नगरपालिकाले आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा’ बाेल्दै गच्छदारले मुलुकलाई विभाजन गर्न नहुने बताए ।

उनले भने, 'मभन्दा ठूलो पार्टी हो । पार्टीभन्दा ठूलो मधेस हो । मधेसभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सक्दैन ।' 

आफू थारु र जनजातिको हकमा लडेको मान्छे भएकाले समग्र मुलुकको हितमा लड्नुपर्छ भनी यस पार्टीमा लागि परेको बताए ।  गच्छदारले भने, 'यस पार्टीमा रहेर महँगी र भ्रष्टाचारलगायत नियन्त्रण गर्न रचनात्मक भूमिका निर्वाह गर्दै छु ।' 

गत चुनावमा नेपाली कांग्रेसले हार बेहोरेकोमा आगामी चुनावमा विजय हासिल गर्न लागिपरेको उनले जानकारी दिए । गच्छदारले आफ्ना कार्यकर्तालाई उच्च मनोबल र दृढताका साथ प्रजातान्त्रिक लोकतन्त्रमा अघि बढ्न आग्रह गरे । 

ललितपुर कांग्रेस सभापति मदनबहादुर अमात्यले पञ्चायती र व्यक्तिवादी प्रवृत्तिबाट माथि उठेर लोकतान्त्रिक प्रवृत्तिमा लाग्न कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले पनि शुभकामना व्यक्त गरेका थिए ।

नगरपालिका प्रमुख गजेन्द्र महर्जनले सबै नगरवासीको साथमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सो नगरपालिकाका उपप्रमुख मुना अधिकारीले नेपाली कांग्रेसको जागरण अभियानले मुलुकमा ऊर्जा भरेको दाबी गरिन् ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७६ शनिबार १७:२३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया