राप्ती नदीमा नेपालको दोस्रो लामो पुल, माघबाट सञ्चालन हुने

दाङ–  दाङको राप्ती नदीमा नेपालकै दोस्रो लामो पुल निर्माणको काम सम्पन्न भएको छ । सम्झौताको समय सकिनुअघि नै जिल्लाको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने गरी पुल निर्माणको काम सम्पन्न भएको हो । 

पुलको लम्बाइ आठ सय ६० मिटर र चौडाइ साढे १० मिटर रहेको छ । करिब एक अर्बको लागतमा राप्ती नदीमा उक्त पुलको निर्माण गरिएको हो । नेपालको सबैभन्दा लामो कर्णाली नदी पुलको लम्बाइ एक हजार १५ मिटरको छ ।  यी दुवै पुलको निर्माण अनक निर्माण सेवाले गरेको हो ।

याे पुल माघबाट सन्चालनमा आउने बताइएकाे छ ।





  • प्रकाशित मिति : कात्तिक १०, २०७६ आइतबार २३:३०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया