पाकिस्तानमा रेलमा आगलागी, ४६ काे मृत्यु

एजेन्सी– पाकिस्तानमा एउटा चलिरहेकाे रेलमा आगलागी हुँदा ४६ जनाकाे मृत्यु भएकाे छ । पाकिस्तानी रेलवेकाे गाम एक्सप्रेसमा याे आगलागी भएकाे हाे । तेज गाम एक्सप्रेस कराँचीबाट रावलपिन्डी जाँदै थियाे । 

पाकिस्तानी रेलमन्त्रीले यसकाे पुष्टि गरेका छन् । 

 

अपडेटः मृत्यु हुनेको संख्या ६२ पुग्यो

पाकिस्तानका रेलमन्त्री शेख रशिदले घटनाको पुष्टि गर्दै अन्य दर्जनौँ घाइते भएको बताएका छन् । पछिल्ला समाचारअनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

रेलमा यात्रा गरिरहेका यात्रुहरुसँग खाना तथा पकाउने सिलिन्डर ग्यास भएको र त्यही सिलिन्डर फुट्दा यो घटना भएको हुनसक्ने बताइएको छ ।



आगो नियन्त्रणमा लिइएको र रेलका तीन डिब्बा पूर्णरुपमा प्रभावित भएको रेलमन्त्री रशिदले बताएका छन् । घाइतेलाई अस्पतालमा लगिएको छ । 

पाकिस्तानी सन्चारमाध्यम डन न्युजका अनुसार मृत्यु हुनेमा महिला तथा बालबालिका पनि छन् । मृतक कसैको पनि पहिचान हुन सकेको छैन । 



  • प्रकाशित मिति : कात्तिक १४, २०७६ बिहीबार ११:८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया