दुई बालिकासहित महिलाकाे हत्या

गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा दुई बालिकासहित महिलाको हत्या गरिको अवस्थामा शव फेला परेको छ । उनीहरूकाे शव हर्राचौरको आलुखरिपा जंगलमा शनिबार दिउँसो फेला परेको हो । महिला अन्दाजी २७ वर्ष र बालिकाहरू ७ र ११ वर्षका रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले बताए । महिलाकाे शवदेखि एउटा बालिकाको शव दुई सय मिटर र अर्को बालिकाको शव दुई सय ३० मिटरको दुरीमा फेला परेको उनले जानकारी दिए । 

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलका अनुसार मृतक तीनै जना मंगोलियन अनुहारका रहेका छन् । उनीहरुको अनुहार, पोशाक र खुट्टामा लगाएको पाउजुका आधारमा स्थानीय कसैले पनि चन्द्रकोट गाउँपालिका र आसपासको नभएको बताएको उनले बताए ।

शव भेटिएको केही माथिकाे बाटोमा गत १० कार्तिकमै रगतको छिटा देखेकाे स्थानीय भेटेकाे चन्द्रकोट गाउँपालिका-३ का वडाध्यक्ष किरण शाहाले बताए । उनले छिमेकी जिल्ला बागलुङमा समेत शवको बारेमा खबर गरेको बताए । तर अहिलेसम्म शव पहिचान हुने सकेकाे छैन ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७६ शनिबार १९:३५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया