बझाङमा सुरुङमा फसेका तीन जनाकाे शव निकालियाे

बझाङ। बुङ्गल नगरपालिका–१, दारिमगार्डमा कालङ्गा हाइड्रोपावरको निर्माणाधीन सुरुङबाट तीनजनाको शव निकालिएको छ।

दैलेख गुराँस नगरपालिका–३ का ३० वर्षीय महेन्द्र शाही, सोही ठाउँका ३२ वर्षीय करन शाही र अछाम तुर्माखाँद गाउँपालिका–६ का २४ वर्षीय महेन्द्र साउँदको शव निकालिएको हो।

उक्त सुरुङमा १७ कात्तिक दिउँसो एउटा बलेरो गाडी र दुईवटा ट्रयाक्टरसहित चारजना फसेका थिए।

बझाङको बुंगल नगरपालिका–१ का ३५ वर्षीय शेरसिंह धामीको शव निकाल्ने प्रयास जारी छ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त टोली उद्धार सामग्रीसहित समिट एयरको हेलिकप्टरमार्फत् त्यहाँ पुगेको थियो।





  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार २१:१३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया