उपनिर्वाचनका लागि कांग्रेसले उम्मेदवारको नाम टुंगो लगायो

काठमाडौं– आगामी मंसिर १४ गते हुन लागेका उपनिर्वाचनका लागि नेपाली कांग्रेसले आफ्ना सबै उम्मेदवारको नाम टुंगो लगाएको छ । बुधबार सम्पन्न पदाधिकारी बैठकले ती नाम टुंगो लगाएको हो ।

बैठकले प्रतिनिधिसभाको एक र प्रदेशसभाको तीन सिटका लागि हुने उपनिर्वाचनमा उठाउने उम्मेदवारको नाम टुंगो लगाएको छ । कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी दिएका छन् । 

यस्तै, प्रदेशसभाका लागि हुने उपनिर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर २ को ‘ख’ प्रदेशमा जित शेरचन, दाङ क्षेत्र नम्बर ३ को ‘ख’ मा केशव शर्मा आचार्य र भक्तपुर क्षेत्र नम्बर १ को ‘क’ मा कृष्ण भँडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

उपचुनावका लागि उम्मेदवारी मनोनयन दर्ता भोलि (कात्तिक २१) गते हुँदै छ । मनोनयन दर्ताको एक दिनअघि कांग्रेसले आफ्ना उम्मेदवार टुंगो लगाएको हो ।  





  • प्रकाशित मिति : कात्तिक २०, २०७६ बुधबार १७:५६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया