एकै दिन जन्मिएका चार दिदीबहिनीको एकै दिन बिहे

एजेन्सी– भारतको केरला भन्ने ठाउँमा एकै दिन जन्मिएका पाँच भाइबहिनीमध्ये चार दिदी बहिनीले एकै दिन विवाह गर्ने भएका छन् । उनीहरुको विवाह २६ अप्रिल २०२२ मा हुने भएको हो । चार दिदीबहिनीले यसरी एकै दिन विवाह गर्ने निर्णय लिएको उनको परिवारले बताएको भारतीय मिडियामा समाचार छ । उनीहरु १८ नोभेम्बर १९९५ मा जन्मिएका थिए । 

उनीहरुका नातेदारका अनुसार यी दिदीबहिनीका बाबुआमाले उनीहरुलाई सधैं एउटै रंगका कपडा, स्कुल झोला किनिदिएका थिए । यी बच्चाहरुमा ९ वर्षको हुँदा मुटुसम्बन्धी समस्या देखियो । 

घरको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुका बाबुले आत्महत्या गरे । त्यसपछि उनीहरुलाई एउटा बैंकमा जागिर खाने आमाले हुर्काएकी हुन् । यो महिना उनीहरु २४ वर्षका पुगेका छन् । त्यसैले उनीहरुको विवाह पनि एकै दिन गर्न लागिएको हो । 





  • प्रकाशित मिति : कात्तिक २३, २०७६ शनिबार ०:५२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया