कालापानी नेपालकाे हाे: देउवा

काठमाडाैं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी नेपालको भूमि रहेको र यसका लागि भारतसँग कूटनैतिक र राजनीतिक पहल गर्नुपर्ने बताएका छन् l

शनिवार सामाजिक संजालमा ट्वीट गर्दै देउवाले कालापानी पश्चिमको नदी महाकाली नदी भएको बताएका हुन् l

‘भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भुमी नेपालको हो,’ ट्वीटमा देउवाले उल्लेख गरेका छन्, ‘कालापानी पश्चिमको नदि महाकाली नदी हो । सो पुर्वका हाम्रा सबै भुभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्छ l’

देउवाले यसका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पूर्ण साथ रहने बताएका छन् l





  • प्रकाशित मिति : कात्तिक २४, २०७६ आइतबार २:३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया