कालापानीबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो
फाइल तस्वीर ।

काठमाडौं– भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि पनि समेटिएको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ ।

सांसदहरुले यसबारे छलफलको माग गरेपछि संसदीय समितिले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा बोलाएको हो ।

यस विषयमा नै प्रधानमन्त्री ओलीले शनिबार साँझ सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकबाट पनि यस विषयमा कुटनीतिक सवाल जवाफ सुरु हुनु पर्ने निष्कर्ष निकालिएको थियो । 

यता नेपालमा यस विषयमा विवाद सुरु भएपछि भारतले चाहिँ आफूले नेपालको भूभाग आफ्नो नक्सामा समावेश नगरेको जनाएको थियो । भारतको यो दाबी झुटको भएको बताइँदै आएको छ । 

यस विषयमा सांसदहरुले थप बुझ्न खोजेपछि राज्य व्यवस्था समितिले पनि चासो देखाउँदै प्रधानमन्त्रीलाई पत्र काटेको हो । 

यही विषयमा छलफल गर्न प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई बोलाएको छ । यस विषयमा नै विवाद सिर्जना भएपछि परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति निकाल्दै नेपाललाई भारतको नयाँ नक्स अस्वीकार्य भएको जनाएको थियो । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७६ आइतबार १२:२८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया