भारतले जारी गरेकाे नक्सा स्वीकार्य हुँदैन: परराष्ट्रमन्त्री ज्ञवाली
फाइल तस्वीर ।

काठमाडाैं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कूटनीतिक माध्यामबाट भारतसँग रहेका सबै सीमा समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

उनले भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि मिचिएको यथेष्ट प्रमाण सरकारसँग रहेको उल्लेख गर्दै त्यसैको आधारमा ती समस्या समाधान गर्न सरकार लागिपर्ने दृढता व्यक्त गरेका हुन् । उनले त्यसका लागि सरकारलाई राष्ट्रिय सहमति प्राप्त भएको बताए ।

सत्तारुढ नेकपामा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूले आइतबार ती समस्या तत्काल समाधान गर्न दिएको ज्ञापन पत्र बुझ्दै उनले भारतले बल मिचाई गरेर कालापानीलाई पनि आफ्नो सीमामा राखेर जारी गरेको एक पक्षीय नक्सा स्वीकार्य नहुने बताए । ‘यसमा नेपालको सदैव असहमति रहँदै आएको छ,’ उनले भने, ‘यो स्विकार्य हुनै सक्दैन ।’

उनले हाम्रो सीमा लिम्पियाधुराको कुटीयाङदी नदी भएको भन्दै अनेक कृतिमता खडा गरेर भारतले बलमिचाई गरेको बताए । 

यता, अनेस्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले मन्त्री ज्ञवालीलाई कालापानी र सुस्ताको तत्काल स्थलगत अवलोकन गरी भारतीय पक्षको हेपाहा प्रवृत्तिबाट आहात भएका जनताको जीवनलाई सहज बनाई दिन मन्त्री ज्ञवालीको  ध्यानाकर्षण गराएका थिए ।

अनेरास्ववियूले सरकारले भारतले अतिक्रमण गरेको सीमा समस्या समाधानका लागि राष्ट्रिय सहमति कायम गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री ज्ञवालीप्रति आभार व्यक्त गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७६ आइतबार १९:२०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया