पत्नी करिनाको सफलताले जलन हुन्छ सैफलाई ?

एजेन्सी– पछिल्ला वर्षमा बलिउड अभिनेता सैफ अलि खानको करिअरमा अप्स एन्ड डाउन्स बारम्बार भइरहेका छन् । यसअघि आएको उनको फिल्म लाल कप्तानमा उनको अभिनयको चर्को प्रशंसा भयो तर यसले बक्स अफिसमा राम्रो गर्न सकेन । 

तर, उनकी पत्नी करिनाको फिल्मको कुरा गर्ने हो भने चाहिँ ती फिल्मले बक्स अफिसमा राम्रो गरिरहेका छन् ।

त्यसैले अब अन्तर्वार्ताहरुमा सैफ अलि खानलाई यो विषयमा पनि सोध्न थालिएको छ । एक अन्तर्वार्तामा पनि उनलाई सोधियो– पत्नीको सफलताका कारण जलन हुन्छ कि हुँदैन ? 

उनले यसमा जवाफ दिए, ‘मेरो जीवनको सफलतासँग बक्स अफिसको कुनै लेनादेना छैन । अनि म र मेरी श्रीमती यी कुराहरुबाट अलग रहेर वास्तविक जीवन बाँचिरहेका हुन्छौँ । सफलता र उनको र मेरो सम्बन्ध त आफ्नो व्यक्तिगत जीवनमा सफलता छ कि छैन भन्ने कुराले निर्धारण गर्छ ।’





  • प्रकाशित मिति : कात्तिक २५, २०७६ साेमबार १३:३६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया