वाणीले हरे राम लेखेको बिकिनी लगाएपछि...

एजेन्सी– बलिउड अभिनेत्री वाणी कपुरले ११ नोभेम्बरमा इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी थिइन् । त्यसमा उनले बिकिनी लगाएकी थिइन् । र, त्यो बिकिनीमा हरे राम लेखिएको थियो । 

बिकिनीमा भगवानको नाम लेखिएको भन्दै वाणाीको व्यापक आलोचना भयो । उनीमाथि यति धेरै ट्रोल बने कि वाणाीले त्यसलाई सहन सकिनन् । उनले तुरुन्त आफ्नो त्यो फोटो हटाइन् । 

तर, एकपटक भाइरल भइसकेको उनको फोटो अहिले पनि सामाजिक सन्जालमा निकै सेयर गरिएको छ । 

वाणीले पछिल्लो पटक फिलम वारमा काम गरेकी थिइन् । यो फिल्मले बक्स अफिसमा ३१७ करोड भारतीय रुपैँया कमाउँदै २०१९ को सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७६ शुक्रबार १:१६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया