ऋतिकले छोडिदिए रोहितको फिल्म

एजेन्सी– ऋतिक रोशन निर्माता रोहित शेट्टीको फिल्मबाट बाहिरिएका छन् । यो फिल्म सत्ते पे सत्ता फिल्मको रिमेक बताइएको थियो । तर, जब निर्माण टोलीले ऋतिकलाई थाहा नदिइ फिल्मको स्क्रिप्टमा परिवर्तन ल्याउने भयो, ऋतिकले आफूले फिल्म नखेल्ने बताइदिए । 

भारतीय मिडियाका अनुसार अमिताभ बच्चन र हेमा मालिनीले काम गरेको फिल्म सत्ते पे सत्ताको रिमेक गर्न निर्माताले अधिकार पाएनन् । त्यसपछि शेट्टीले हलिउड फिल्मको रिमेकको अधिकार किने । तर, यो थाहा पाएपछि ऋतिकले फिल्ममा काम नगर्ने बताए । 

यो फिल्मलाई फराह खानले निर्देशन गर्ने कुरा बाहिर आएको छ ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७६ शुक्रबार २:२२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया