हाजिर जमानतमा रिहा भए रुप ज्योति

काठमाडौं-  ठगीकाे आरोपमा पक्राउ परेका उद्योगी रुप ज्योति हाजिर जमानतमा रिहा भएका छन् । 

सरकारी वकिल कार्यालयले पत्र लेखेर उनीविरुद्ध मुद्दा नचलाउन आग्रह गरेकाे थियाे । साेही आधारमा उनलाई हाजिर जमानतमा छाडिएकाे हाे ।

ज्योतिले १ करोड २६ लाख ठगी गरेको भन्दै विगेन्द्रकृष्ण मल्लले उजुरी दिएपछि गत बिहीबार रुप ज्योति र उनकी छोरी सुरुचि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । पक्राउपछि उनीहरुलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखिएकाे थियाे । 

ठगी मुद्दा दायर गर्ने व्यक्तिले नै जाहेरी फिर्ता लिन प्रहरीलाई निवेदन दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७६ शुक्रबार १८:५७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया