नेपालमा बीमा क्षेत्रमा सबैभन्दा बढी आयकर बुझाउने नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

आर्थिक वर्ष २०७५/७६ मा नेपालमा बिमा व्यवसाय गर्ने कम्पनीमा सबैभन्दा बढी कर दाखिला गर्ने नेपाल लाइफ इन्स्योरेन्स सम्मानित भएको छ। आन्तरिक राजस्व विभागले आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा मंसिर १ गते काठमाडौंमा आयोजित एक समारोहका बीच सम्मानित गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झालाई सम्मानपत्र प्रदान गरेका छन्।

सम्मान ग्रहणपछि नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत झाले नेपालको बिमा  क्षेत्रकै सवैभन्दा बढी राजस्व दाखिल गरेर सम्मानित हुन पाउँदा अत्यन्तै खुशी तथा गौरव महसुस भएको बताए।

आन्तिरिक राजस्व विभागप्रति कृतज्ञता व्यक्त गरे। प्रमुख कार्यकारी अधिकृत झाले भने, ‘यो सम्मानले कम्पनीलाई अझ जिम्मेवार बनाएको छ । नेपालको बिमा व्यवसाय अझ परिस्कृत गर्दै सबै जनताका सामु पुगी सेवा प्रदान गर्दै अगाडि बढ्न र नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउन हौसला मिलेको छ।’

जीवन बिमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बिमा क्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ५० करोड रहेको छ भने लगानी रू. ७८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बिमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ । 

कम्पनीले यस आर्थिक वर्षको पहिलो चार महिनामा जम्मा रू. ९ अर्ब ६२ करोड बिमा शुल्क संकलन गरेको छ। १ लाख ३५ हजार ६ सय १० प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १ सय ९४ शाखा तथा उप शाखाहरू मार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।



हालसम्म स्वदेश र विदेश गरी २६ लाख ६९ हजार ८ सय ८६ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।



  • प्रकाशित मिति : मंसिर २, २०७६ साेमबार ११:५२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया