कार्यभार सम्हाल्दै उद्योगमन्त्री भट्टले भने– समाजवादउन्मुख कार्ययोजना बनाएर अघि बढ्छु, एक नम्बर मन्त्रालय बनाउँछु

काठमाडौ‌– नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले समाजवाद उन्मुख कार्ययोजना बनाएर अघि बढ्ने बताएका छन् । बिहीबार मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री भट्टले आफ्नो मन्त्रालयलाई एक नम्बर मन्त्रालय बनाउने पनि उद्घोष गरे ।

पुरानो ढर्राले नभई समाजवादउन्मुख कार्ययोजना बनाएर अघि बढ्ने उल्लेख गर्दे उनले दीर्घकालीन योजना पूरा गर्दै अघि बढ्ने बताए । मन्त्री भट्टले एकले अर्कालाई सिकाएर एक ढिक्का भएर अघि बढ्ने बताए ।

मन्त्री भट्टले उद्योग मन्त्रालयको जिम्मेवारी पाएको यो दोस्रोपटक हो । उनले सेवाग्राही अलमलमा नपर्ने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई सचेत गराए । 





  • प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार १७:५६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया