गढीमाईमा बली सुरु, आजै १० हजार राँगा काटिने

बारा– बाराको प्रसिद्ध गढीमाई मेलामा बली सुरु भएको छ । मन्दिरका मूल पुजारी शिव चौधरीले तान्त्रिक विधिद्वारा सेतो मुसा, परेवा, हाँस, सुंगुर र राँगाको पञ्चवली दिएसँगै सर्वसाधारणका लागि बली सुरू भएको हो ।

पञ्चबलीपछि मान्छेको शरीरको ४ अंगबाट रगत चढाइ ब्रम्हस्थानमा स्वत दीप प्रज्वलित भएसँगै सर्वसाधारणका लागि बली सुरू हुन्छ । राति करिब १ बजे मूल पुजारी चौधरीको घरमा सामान्य पुजा गरी ब्रम्हस्थानमा पञ्चवलीसहितको पुजा भएको थियो । पुजाकै क्रममा ब्रह्मस्थानमा आफै दीप प्रज्वलन हुन्छ । दीप प्रज्वलन पश्चात पञ्चबली दिने गरिन्छ ।

गढीमाई मन्दिरले आफ्नो मनोकांक्षा पूरा भएको भन्दै आज बलीका लागि ल्याइएका करिब १० हजार राँगा काटिने छ । भारत तथा नेपालका विभिन्न क्षेत्रबाट राँगा ल्याउने क्रम अझै जारी रहेको छ । मंगलबार बेलुकासम्म करिब १५ हजारको हाराहारीमा राँगा काटिने अनुमान रहेको समितिले जनाएको छ ।

बधशालामा भएका राँगालाई मार हान्न खटिएका व्यक्तिहरुलाई प्रशासनले लाइसेन्स दिने गरेको छ । तर यस वर्ष सर्वोच्च अदालतको आदेशका कारण मेला व्यवस्थापन समिति र गृह प्रशासनले मार हान्ने व्यक्तिहरुलाई लाइसेन्स उपलब्ध गराउन नसकेको मेला व्यवस्थापन समितिका महासचिव मोतीलाल कुशवाहले जानकारी दिए । अहिले स्वतस्फुर्त रुपमा मार हान्ने व्यक्तिहरुले बली दिइरहेका छन् ।





  • प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार १२:५३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया