भारतको आइआइटीमा ५ वर्षमा ५० विद्यार्थीले गरे आत्महत्या

एजेन्सी– भारतको केन्द्र सरकारले पाँच वर्षयता भारतका २३ आइआइटी संस्थानमा ५० विद्यार्थीले आत्महत्या गरेको जनाएको छ । यीमध्ये सबैभन्दा धेरै आत्महत्याका घटना आइआइटीमा भएका छन् । त्यहाँ १४ जना विद्यार्थीले आत्महत्या गरेका छन् । 

त्यस्तै, दोस्रोमा मद्रासको आइआइटी र बम्बे आइआइटी छन् जहाँ ७ विद्यार्थीले आत्महत्या गरेका छन् । आइआइटी दिल्लीमा चार, खडकपुरमा पाँच, कानपुरमा पाँच वर्षयता एक–एक विद्यार्थीले आत्महत्या गरेका छन् । 

भारतका मानव संसाधन विकास मन्त्री रमेश पोखरियालले यो तथ्यांक सार्वजनिक गरेका हुन् । अर्कोतिर, भारतमै आइआइएम संस्थानमा पनि पाँच वर्षमा १० विद्यार्थीले आत्महत्या गरेको तथ्यांक मन्त्री पोखरियालले सार्वजनिक गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार ८:४५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया