कांग्रेसले बोलायो कार्यसमिति बैठक

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । 

२६ मंसिरमा पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरि बैठक बोलाइएको हो । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिअनुसार बैठकमा केन्द्रीय कार्यसमिति पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन आग्रह गरिएको छ । 

बैठकमा भातृ संगठनको नेतृत्व, रिक्त विभागको पूर्णता तथा उपनिर्वाचनको समीक्षाबारे छलफल हुने बताइएको छ ।





  • प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार १३:३५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया