साग पुरुष फुटबल : पहिलो हाफमा श्रीलंकाविरुद्ध नेपाललाई १–०को अग्रता

काठमाडौं– १३औँ सागअन्तर्गत दशरथ रंगशालामा जारी पुरुष फुटबलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा १–०को अग्रता  लिएको छ । 

खेलको ३४औँ मिनेटमा श्रीलंकाका डिफेन्डरले नेपालका अनन्त तामाङलाई डिबक्सभित्र फल गरेपछि नेपालले पेनाल्टीको अवसर पायो ।

सो अवसरलाई सदुपयोग गर्दै कप्तान सुजल श्रेष्ठले गोल गरेर नेपाललाई अग्रता दिलाएका हुन् ।   

घरेलु दर्शकको राम्रो साथ पाइरहेको नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । 





  • प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार १८:१२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया