सामूहिक बलात्कारपछि जलाएर डाक्टरको हत्या, आरोपी चारैजनालाई भारतीय प्रहरीले गोली हानी मार्यो

नयाँ दिल्ली– भारतको हैदराबादमा सामूहिक बलात्कारपछि जलाएर डाक्टरको हत्या गरेको आरोप लागेका चारैजनालाई भारतीय प्रहरीले गोली हानी मारेको छ । भारतीय प्रहरीले उनीहरूलाई बिहीबार साँझ नेसनल हाइवे ४४मा ‘इन्काउन्टर’ गरेको जनाएको छ । 

प्रहरीले उनीहरूले बलात्कार घटना भएको स्थानलगेर सोधपुछ गरेको थियो । चारैजना आरोपी भाग्ने प्रयास गरेपछि उनीहरूलाई गोली हानिएको प्रहरीको दाबी छ । तर, सञ्चारमाध्यमले भने उनीहरूलाई प्रहरी नियन्त्रणमै गोली हानिएको जनाएका छन् ।

गत २७ नोभेम्बरको रातमा हैदराबादमा एक महिला डाक्टरको स्कुटर पञ्चर गराएर चारजनाले सामूहिक बलत्कार गरेका थिए । बलात्कारपछि ती हमिलालाई उनीहरुले जलाएर बैंगलोर हैदरावाद राष्ट्रिय राजमार्गको अन्डरपासनजिक फ्याँकिदिएका थिए । 

घटनाका चार आरोपीलाई पक्राउ गरेर प्रहरीले उनीहरूलाई अदालतमा पेस गरेको थियो । अदालतले उनीहरुलाई १४ दिन न्यायिक हिरासतमा पठाएको थियो ।  त्यसपछि सात दिन प्रहरी हिरासतमा पठाइएका उनीहरुलाई प्रहरीले घटनास्थलमै लगेर गोली हानी हत्या गरेको हो ।





  • प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार १२:२८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया