लमजुङकाे पाउँदीमा बस दुर्घटना, एककाे मृत्यु सात घाइते

लमजुङ– लमजुङको बेसीशहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुबाहक बस  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

आइतबार विहान करिब ७:४० बजेतिर लमजुङको पाउँदी नजिकको प्रहरी बिट र सिमलको बोटको बिचमा रोकेर राखिएको बस अनियन्त्रित भई पाउँदी खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको परिचय भने खुलेको छैन । उनको उपचारको लागी सुन्दरबजारको कर्मदा अस्पतालमा लगिएकोमा अस्पताल लैजाने वित्तिकै डाक्टरले मृत घोषित गरेको लमजुङका डिएपी रविन्द्रमान गुरुङले बताए । 

बस सडकबाट करिब १०० मिटर तल खसेको छ । दुर्घटनामा  परी घाइते भएका ७ जना मध्ये ४ जनालाई उपचारका लागी चितवन लगिएको छ भने एक जनाको  स्थानिय अस्पताल कर्मदामा उपचार भइरहेको छ । दुई जना सामन्य घाइते भएको प्रहरीले बताएको छ । 

बसमा १० देखि १२ जना यात्रु रहेको प्रहरीको भनाई छ । बसको इञ्जिन सुचारु अवस्थामै राखेर चालक र सह–चालक यात्रु खोज्न गएका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सर्वसाधारणले घाइतेको उद्वार गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर २२, २०७६ आइतबार १२:३१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया