रानीले सलमानलाई सोधिन्– खोइ मसँग वाचा गरेको बच्चा ?

एजेन्सी– भारतको चर्चित टिभी सो बिग बोसको विकेन्ड का वारमा पुगेकी अभिनेत्री रानी मुखर्जीले अभिनेता तथा सोका होस्ट सलमान खानलाई केही प्रश्नहरु सोधेको भिडियो अहिले चर्चित भइरहेको छ । 

फिल्म मर्दानी २ को प्रमोसनका लागि रानी मुखर्जी कार्यक्रममा पुगेकी थिइन् । त्यहाँ उनी पुगेलगत्तै गत वर्षको उनी गएको क्लिप देखाइएको थियो । त्यसमा उनले सलमानलाई उनको विवाहमा कुनै चासो नभएको तर सलमानको बच्चा हेर्न मन भएको बताएकी थिइन् । 

भिडियो देख्ने वित्तिकै रानीले सलमानलाई भनिन्, ‘खोइ मसँग वाचा गरेको बच्चा ? बच्चा भएको भए अहिले म काखमा लिएर आउँथे नि ।’ उनले यति के भनेकी थिइन्, सलमान खुलेर हाँस्न थाले । 





  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार ९:४७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया