काठमाडौं– १३औं सागअन्तर्गत दशरथ रंगशालामा हुने फुटबल खेल हेर्न गएका दर्शकमाथि प्रहरीले लाठी चार्ज गरेको छ । नेपाल र भुटानबीचको फुटबल हेर्न टिकटका लागि त्यहाँ पुगेका मानिस कुटिएका हुन् ।
मंगलबार नेपाल र भुटानबीच पुरुष फुटबलको फाइनल खेल हुँदै छ । सो खेलको सबै टिकट बिक्री भइसकेको थियो । उनीहरुलाई हटाउने क्रममा प्रहरीले घेरा हाली–हाली कुटेको थियो ।
सो दृश्य खिच्ने क्रममा प्रहरीले फोटो पत्रकारहरुलाई समेत दुर्व्यवहार गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।