नेपालले रक्षा गर्यो पुरुष फुटबलको स्वर्ण

काठमाडौं– सागअन्तर्गत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । दशरथ रंगशालमा मंगलबार भएको खेलमा भुटानलाई २–१ले पराजित गर्दै नेपालले स्वर्ण रक्षा गरेको हो । 

नेपालका लागि खेलको १७औँ मिनेटमा अभिषेक रिजालले गोल गरेका थिए, त्यस्तै खेलको ३७औँ मिनेटमा भुटानका चेन्चो ग्याल्सेनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर, खेलको ५४औँ मिनेटमा सुनील बलले हेडमार्फत उत्कृष्ट गोल गर्दै नेपाललाई पुनः अग्रता दिलाएका थिए । 

त्यसपछि कुनै पनि टिमले गोल गर्न नसकेपछि नेपालले स्वर्णपदक पक्का गरेको हो । १२औँ सागमा पनि नेपालले भारतलाई २–१ले नै हराउँदै स्वर्ण जितेको थियो ।





  • प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार १७:६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया