खेलकुदमन्त्री र राखेप सदस्यसचिवलाई बर्खास्त गर्न तरुण दलकाे माग
खेलाडीलाई आकर्षक नगद पुरस्कार दिन माग

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण, रजत र कास्यपदक जित्ने खेलाडीलाई आकर्षक नगद पुरस्कार दिन सरकारसँग माग गरेको छ । 

तरुण दलले बुधबार विज्ञप्ति जारी गरी स्वर्णपदक जित्ने खेलाडीलाई जनही २५ लाख, रजत पदक जित्नेलाई १५ लाख र कास्य पदक विजेतालाई १० लाख रुपैयाँका दरले सम्मान गर्नुपर्ने माग गरेको छ ।

तरुण दलले साग प्रतियोगितामा खेलकुद मन्त्रालय र खेलकुद परिषद (राखेप)ले भ्रष्टाचार गरेको आरोप लगाउँदै खेलकुद परिषदका सदस्यसचिव एवं खेलकुदमन्त्रीलाई अविलम्ब बर्खास्त गर्न माग गरेको छ । 

आयोजकले खेलाडीलाई खेलकुदका सामग्री प्रदान गर्न नसकेको, तर मन्त्रीहरुका लागि दौरा–सुरुवाल उपलब्ध गराएको भन्दै छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएको छ । 

हेर्नुहोस् तरुण दलको विज्ञप्ति





  • प्रकाशित मिति : मंसिर २५, २०७६ बुधबार १२:१५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया