काठमाडौं महानगरले सडक मानवमुक्त अभियान घोषणा गर्ने

काठमाडौं महानगरपालिकाले २५औं महानगर दिवसको अवसरमा सडक मानवमुक्त अभियान घोषणा गर्ने भएको छ । महानगर स्थापनाको २५ वर्ष पुगेको अवसरमा महानगरले अभियानको घोषणा गर्ने भएको हो ।

मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा अभियान घोषणा गरिने महानगरका मेयर विद्यासुन्दर शाक्यले बताए । एक छाक खानाकै लागि सडकमा बसिरहेकाहरुलाई उद्धार गरि सम्मानपूर्वक बाँच्ने वातावरण निर्माण गरिने उनले बताए ।

महानगरपालिकाको वडा नम्बर ६ मा स्थापना गरिएको दमकल भवनको उद्घाटन गर्ने उनले बताए । महानगरको वडा नम्बर ६ बौद्ध रामाहिटीमा निर्माण भएको भवनको शनिबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीन वटासम्म दमकल राख्न मिल्ने भवनसँगै तालिम केन्दको व्यवस्था रहेको उनले बताए । रामाहिटीमा दमकल भवन भएपछि पूर्वक्षेत्रमा हुने आगलागी नियन्त्रणका लागि कम समयमै जनशक्ति त्यहाँ पुग्ने उनले बताए । 

२९ मंसिर ०५२ सालकाे दिन तत्कालिन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरेको अवसरमा हरेक वर्ष महानगर दिवस मनाउने गरिएको छ ।





  • प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार १८:४९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया