चिसाेले जमे मनाङका हिमताल

मनाङ– अत्यधिक चिसोले मनाङका हिमताल जमेका छन् । गंगापूर्णसहित आधा दर्जन हिमताल जमेपछि हिँडेरै ताल वारपार गर्न सकिने भएका छन् । मनाङ निस्याङ गाउँपालिका–६ का अध्यक्ष सोनाम गुरुङका अनुसार यहाँका ताल नजमेका वेला सफा नीलो, वर्षायाममा सेतो र हिउँदमा जम्ने गर्छन् । एउटै तालको फरकफरक स्वरूप हेर्न पर्यटक आउने गरेको उनले बताए ।

उनले भने, ‘चिसो समयमा समेत मनाङमा पर्यटक आएका छन् ।’ स्थानीयका अनुसार ४ हजार ९ सय १९ मिटरमा रहेको तिलिचो, ४ हजार ६ सय मिटरमा रहेको भ्राकाको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने डोना ताल र थोंचेमा पर्ने पोङकर ताल जमेका छन् । दिनभर घाम लाग्दा पनि तालमा जमेको हिउँ पग्लिएको छैन ।

खानेपानीको मुहानसमेत जमेपछि यहाँको जनजीवन भने कष्टकर भएको छ । मनाङको तापक्रम दिउँसोसमेत माइनस ६ भने साँझ–बिहान माइनस ६ देखि माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए । पौडेलका अनुसार तिमाङदेखि थान्चोक, चामे हुँदै माथिल्लो क्षेत्रमा पाइपको पानीसमेत जमेको छ ।           





  • प्रकाशित मिति : पुस २, २०७६ बुधबार ९:५८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया